काठमाडौं । माओवादी केन्द्र, रास्वपा र नेकपा एसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, रास्वपाका सभापति रवि लामिछाने, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज सिंहदरबारमा भएको छलफलले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।
साझा एजेन्डा बनाएर प्रतिपक्षको आवाज कसरी बलियो बनाउने भन्नेबारेमा बैठकमा छलफल भएको र प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय भएको रास्वपाका सभापति लामिछानेले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलिले पर्सि आइतवार प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यसूची छ ।
