काठमाडौं ।  विमान दुर्घटनामा मृत्यु भएका १८ जनाको शवको शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम आज पनि भइरहेको छ ।

पोष्टमार्टमका लागि तीन टोली खटिएको त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागले जनाएको छ । एउटा शवको पोष्टमार्टम गर्न कम्तिमा चार घण्टा लाग्ने चिकित्सकले बताएका छन् ।

पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुर अस्पतालका चिकित्सकहरु सहभागी छन् ।
सबै शवको पोष्टमार्टम गरेर शुक्रबार परिवार वा आफन्तलाई शव जिम्मा लगाउन सकिने पोष्टमार्टममा सहभागी चिकित्सकको भनाइ छ ।

बुधबार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज उड्ने क्रममा दुर्घटना भएको थियो । दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको उपचार भइरहेको छ ।

Share.

Comments are closed.

Exit mobile version