एजेन्सी । क्यालिफोर्नियाको उत्तरी क्षेत्रको जंगलमा फैलिएको डढेलो नियन्त्रण बाहिर गएको छ । प्रतिघण्टा २० वर्ग किलोमिटरको गतिले डढेलो फैलिएपछि डढेलो नियन्त्रण बाहिर गएको हो ।

डढेलोका कारण क्यालिफोर्नियाको उत्तर–पूर्वी क्षेत्रको एक लाख ५० हजार हेक्टर जंगल जलेर नष्ट भएको छ । डढेलो नियन्त्रण गर्न सयौं अग्नीनियन्त्रकहरु परिचालन गरिएको छ ।

जंगल नजिक जलिरहेको कार गुडाएर आगजनी गरेको आशंकामा एक व्यक्तिलाई कारवाही गरिएको छ । आगलागी नियन्त्रणबाहिर गएपछि वरिपरिका बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

उच्च तापमान र तीव्र गतिको हावाका कारण आगो झन झन फैलिएको भन्दै क्यालिफोर्निया सरकारले विदेशी मुलुकका उद्धारकर्मीलाई पनि गुहारेका छन् ।

Share.

Comments are closed.

Exit mobile version