काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदमुक्त भएका मुकुल ढकालले आफूमाथि भएको कारबाही अवैधानिक भन्दै निर्वाचन आयोगमा निवेदन दिनुभएको छ ।

ढकाललाई पार्टी केन्द्रीय समितिको बैठकले २५ असारमा पदबाट हटाएको थियो । उक्त निर्णय वैधानिक नभएको दाबी गर्दै ढकालले आइतबार निर्वाचन आयोगमा निवेदन दिनुभएकोहो ।

पदीय भूमिकाबाट मुक्त गरेको पार्टीले आफूलाई औपचारिक पत्र हालसम्म नदिएको निवदेनमा लेख्नु भएकोछ । राजनीतिक दल सम्बन्धीको ऐनको दफा १८ (२), रास्वपाको विधानको व्यवस्था, संविधानको धारा २६९ (४), राजनीतिक दलसम्बन्धी ऐन अनुसार आफूमाथिको कारबाही अवैधानिक भएको ढकालले दाबी गर्नुभएको छ ।

पार्टीले ढकाललाई कारबाहीमा चित्त नबुझे ३५ दिनभित्र पुनरावलोकन निवेदन दिनसक्ने निर्णय लिएको छ । कारबाही विधिसंगत नभएकाले आफू पदमा बहाल रहेको ढकालको जिकिर छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version