काठमाडौं। वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले मंगलबार विश्वासको मत लिनुहुने भएको छ।

उनले प्रदेशसभा सचिवालयलाई नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिनका लागि सदन आह्वान गरिदिन आग्रह गर्नुभएकोछ।

प्रदेशसभा सचिवालयका अनुसार मंगलबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको छ ।केन्द्रीय सत्ता समीकरणअनुसार प्रदेशमा कांग्रेस र एमालेले सत्ता सहकार्य भएको हो । प्रदेशसभामा कांग्रेसको ३७ र एमालेको २७ मत रहेको छ ।

सरकार जोगाउन लामालाई ५६ मत भए पुग्छ । लामाले मन्त्रीपरिषद विस्तार गरिसकेका छन् ।

Share.

Comments are closed.

Exit mobile version