काठमाडौं । नेपाल बजारमा आज मंगलबार सुनको मूल्य घटेको छ । सोमबारको तुलनामा सुनको मूल्य तोलामा दुई हजार ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार, यस दिन छापावाल सुन ९२४ क्यारेट० प्रतितोला एक लाख ४७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार ९हिजो० छापावाल सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला एक लाख ५० हजार रुपैयाँ थियो ।
चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ७२५ रुपैयाँमा कारोबार भइरहको महासंघले जनाएको छ ।


