काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा मन्त्रिपरिषद्को बैठक बस्दै छ । सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी आज साँझ ५ बजेका लागि बैठक बोलाइएको छ ।
बैठकमा मन्त्रालयले सम्पादन गरिरहेका काम र काम गर्दै गर्दा आइपरेका समस्याबारे सम्बन्धित मन्त्रीले ब्रिफिङ गर्नेछन् ।
त्यस्तै, बैठकमा विभिन्न मन्त्रालयले ल्याउने प्रस्तावमा छलफल गरी निर्णय हुने बताइएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।