काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारी कर्मचारी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबीचको अन्तरविरोधले समग्र प्रशासन नै ठप्प हुने अवस्था आएको बताउनुभएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको छलफलमा अध्यक्ष ‘प्रचण्ड’ले अख्तियार र सरकारी कर्मचारीबीचको अन्तरविरोध नहटेसम्म र केही विषय प्रष्ट नभएसम्म सरकारी सेवा प्रवाहमा सुधार नहुने पनि बताउनुभएको छ ।
उहाँले राज्य संरचनाका विभिन्न निकायका बीचमा आपसी तादात्म्य, तालमेल, एक अर्काको सहयोगको पूरक हुनेगरी अघि बढ्ने वातावरण बनाउन आवश्यक रहेको बताउनु भयो । ‘प्रचण्ड’ले भ्रष्टाचार निवारणको कुरा कानूनी वा प्राविधिक विषय मात्रै नभएको भन्दै सामाजिक, सांस्कृतिक चेतनासँग सम्बन्धित रहेको पनि उल्लेख गर्नुभएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।