काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा ज्यान गुमाउने स्कुटर चालक महिला नभएर पुरुष भएको पुष्टि भएको छ । यसअघि प्रहरीले ज्यान गुमाउने महिला भनेकोमा सनाखत गलत भएको जनाएको छ ।

भक्तपुर प्रहरीका अनुसार दुर्घटनामा स्कुटर चालक ओखलढुङ्गा स्थायी घर भएका उत्तम कोइरालाको ज्यान गएको हो । स्कुटरलाई ठक्कर दिने ट्रक चालकलाई प्रहरीले हिजो बेलुकी पक्राउ गरेको छ । ट्राफिक प्रहरीले असुरक्षित तवरले गाडी जाँच गर्दा दुर्घटना भएको स्थानीयबासिन्दाको आरोप छ  ।

 

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version