काठमाडौं । बागमती प्रदेशको मुख्यन्यायधिवक्तामा शुकदेव काफ्ले नियुक्त हुनुभएको छ। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मुख्य न्यायाधिवक्तामा काफ्लेलाई नियुक्त गर्नुभएको हो ।

नेपालको संविधानको धारा १६० उपधारा (२०) बमोजिम प्रदेशका माननीय मुख्यमन्त्री बहादुर सिंह लामाका सिफारिसमा काफ्लेलाई मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी प्रकाश चापागाईंले बताउनुभयो । 

२५ वर्षदेखी निरन्तर कानून व्यवसायीको रुपमा कार्य गर्दै आएका काफ्लेले यसअघि पूर्व कानून तथा न्यायमन्त्री भीम बहादुर तामाङ र पूर्व महिला तथा समाज कल्याण मन्त्री लीला कोइरालाको सल्लाहकार भएर समेत काम गरिसक्नुभएको छ । 

नेपाल बार एसोसिएसनको सदस्य रहनुभएका काफ्ले नेपाल बार एशोसिएसन र काठमाडौं जिल्ला बारका विभिन्न समितिमा संलग्न भई काम गरिसक्नुभएको छ । 

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version