काठमाडौं । संक्रमणकालीन न्याय ९टीआरसी० सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।

आजको बैठकमा सैद्धान्तिक छलफलपछि प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन)) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरासियाले प्रस्ताव राखेका थिए । उनले विधेयक फास्ट ट्रयाकबाट पारित हुने विश्वास लिए । राष्ट्रियसभाको बैठक भदौ ६ गतेसम्मका लागि स्थगित भएको छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version