काठमाडौं । बंगलादेशले मंगलबार श्रीलंकामाथि सहज जित निकाल्दै साफ यु–२० च्याम्पियनसिपमा सुखद् शुरूवात गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको समूह एको खेलमा बंगलादेशले श्रीलंकामाथि २–० को जित निकालेको हो ।

श्रीलंकाको हारसँगै यो समूहबाट बंगलादेश र नेपाल सेमिफाइनलमा पुगेका छन् । तीन राष्ट्र सम्मिलित समूहमा श्रीलंकाले लगातार दोस्रो हार व्यहोरेपछि सेमिफाइनलमा पुग्ने टोली तय भएको हो । श्रीलंकाले पहिलो खेलमा घरेलु टोली नेपालसँग १–० को हार व्यहोरेको थियो ।

अब नेपाल र बंगलादेशबीच समूह विजेताका लागि बिहीवार खेल हुनेछ । मंगलवार बंगलादेशले श्रीलंकालाई पहिलो हाफ पूर्ण दबाबमा राखेर खेल्यो । खेलको शुरुवातदेखि नै बंगलादेश लगातार अवसर बुने पनि सफल हुन सकेन ।

Share.

Comments are closed.

Exit mobile version