काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले नेपाली राजनीतिमा निष्ठा, नैतिकता र स्वच्छताको अभाव भएको बताउनुभएको छ ।

मंगलबार कांग्रेस नेता स्व. प्रदीप गिरीको दोस्रो स्मृति दिवसका अवसरमा आयोजित ‘राजनीतिमा निष्ठा र नैतिकता’ विषयक अन्तरक्रिया कार्यक्रममा नेपालका राजनीतिक दलका नेतामा निष्ठा, नैतिकता र स्वच्छ आचरण जरुरी रहेको उहाँले बताउनुभयो ।

कांग्रेस र एमालेका दुईवटा ठुला नेताले मध्यरातमा हस्ताक्षर गरेर संविधान संशोधन सम्भव नभएको भन्दै नेपालले कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीचको सहमतिले समस्या समाधान नहुने र नेताहरूले मम गर्नुपर्ने पनि बताउनुभयो। उहाँले संविधानले के दिएको र नदिएको भन्नेबारे छलफलको विषय बन्न सक्नेमा आफ्नो फरक मत नरहेको पनि बताउनुभयो ।

‘तर मध्यरातमा गएर दुईवटा नेताले कागजमा सही गरेर हुनसक्नेवाला छैन । त्यो गर्नुपर्ने हो भने खुला बहस गरौँ’, नेपालको भनाई छ ।

कार्यक्रममा नेपालले स्व. गिरीले नेपाली राजनीति र समाजमा पुर्‍याएको योगदानको चर्चा गर्दै गिरीको अभाव खड्किएको अनुभव भइरहेको बताउनुभयो ।

Share.

Comments are closed.

Exit mobile version