कास्की – पदयात्राका लागि चर्चित गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा लेक लागेर एक वर्षमा २१ जना पर्यटकको ज्यान गएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार ज्यान गुमाएकामध्ये ६ जना नेपाली छन् । त्यस्तै भारतका ११, मलेसियाका दुई, युक्रेन र बेलायतका एक/एक जनाको ज्यान गएको आयोजना प्रमुख रविन कडरियाले बताउनुभयो । उहाँका अनुसार धेरैजसो लेक लाग्ने घटना मुस्ताङको मुक्तिनाथ क्षेत्रमा हुने गरेका छन् ।

यस्तै एक वर्षमा पदयात्राका क्रममा लडेर तीन जना विदेशी पर्यटकको ज्यान गएको छ । कास्कीमा स्विडेन र जर्मनका तथा मनाङमा अमेरिकाका पर्यटकको ज्यान गएको आयोजना प्रमुख कडरियाले बताउनुभयो । मर्दी हिमालको पदयात्राका क्रममा बेपत्ता भएका स्विडिश नागरिकको सात महिनापछि अवशेष भेटिएको थियो ।

अन्नपूर्ण क्षेत्रमा गएको आर्थिक वर्षमा दुई लाख २२ हजार एक सय ८० जना विदेशी पर्यटकले घुमफिर गरेका छन् । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ५० हजार जनाले धेरै हो ।

Share.

Comments are closed.

Exit mobile version