काठमाण्डौ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

प्रधानमन्त्री नियुक्त भएपछि केपी शर्मा ओलीले आज पहिलो पटक सांसदहरूका प्रश्नको जवाफ दिँदै हुनुहन्छ । उहाँले आज दिउँसो १ बजे बस्ने बैठकमा सांसदहरूले लिखित रूपमा सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

गएको असार तेस्रो हप्ता कांग्रेसको समर्थनमा प्रधानमन्त्री भएपछि ओलीले सरकारको काम, कारबाही र अन्य विषयमा केन्द्रित भएर आज सम्बोधन गर्न लाग्नुभएको हो ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री भएपछि संसदमा सांसदहरूका प्रश्नको जवाफ दिने परम्परा शुरू भएको थियो । त्यसकै निरन्तरता दिँदै आज संसद्मा सांसद –प्रधानमन्त्री प्रश्नोत्तर हुन लागेको हो ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version