काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी समायोजन र प्रदेश प्रहरी गठन हुने हिसाबले वर्तमान सरकार अगाडी बढेको बताउनु भएको छ । गृहमन्त्री लेखकले समस्या समाधानका लागि संघीय प्रहरी कानुन संशोधन हुने गरी नयाँ कानुन नै बनाउन लागिएको बताउनुभयो ।

आज बिहान जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री लेखकले संघको प्रहरी कानुन संशोधन गरेर नेपाल प्रहरी ऐन २०१२ मा आवश्यक संशोधन गर्ने र परिमार्जन गरेर नयाँ प्रहरी कानुन बनाउने बताउनुभयो ।

गृहमन्त्री लेखकले भन्नुभयो, ‘नयाँ कानुन बनाउने गरी गृह मन्त्रालय अगाडी बढेको छ, विभिन्न मन्त्रालयहरूको सहमतिपछि संसदमा जाने छ ।’

नयाँ प्रहरी कानुन बनाउन मन्त्रालयबाट निर्णय गरी अर्थ मन्त्रालयमा पठाइसकिएको र विभिन्न मन्त्रालयको सहमति पछि संसदमा पेस हुने गृहमन्त्री लेखकले बताउनुभयो ।

Share.

Comments are closed.

Exit mobile version