काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपलिका–४ ऐनापहरामा शुक्रवार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ जना पुगेको छ ।

पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको युपि ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस सडकबाट अन्दाजी दुई सय मिटर तल मस्र्याङ्दी नदीमा खसेको थियो । बस दुर्घटनामा १६ जना घाइते भएका छन् ।

घाइते १६ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले बताए ।

उनीहरुको महारागन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार सो बसमा चालक र सहचालकसहित ४४ यात्रु सवार थिए ।

Share.

Comments are closed.

Exit mobile version