काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस-एमालेले दुई तिहाइको दम्भ देखाए सडकमा जाने चेतावनी दिनुभएको छ ।
धनगढीमा बिहीबार पत्रकारहरूसँग बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आफूले हालै संसदमा यस विषयमा खबरदारी गरेको उल्लेख गर्नुभयो ।
आफ्नो नेतृत्वको सरकारले गरेका काम जनताले बुझेको भन्दै प्रचण्डले अहिले एमाले–कांग्रेस रक्षात्मक हुनुपर्ने अवस्थामा पुगेको बताउनुभयो । कांग्रेस-एमालेले संविधानमा घात गर्न सक्ने उहाँको आशंका छ।


