काठमाडौं । बुधबार हिजो सामान्य बढेको शेयर बजार आज उच्च अङ्कले घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज ३६ दशमलव ८३ अङ्कले घटेर दुई हजार सात सय ४९ दशमलव ५७ विन्दुमा झरेको छ ।

आज म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, होटल, उत्पादन, विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले घटेको दिन कुथेली बुखारी स्मल हाइड्रोपावर र रसुवागढी हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज तीन सय २२ वटा कम्पनीका दुई हरोड ८३ लाख कित्ता शेयर १२ अर्ब २४ करोड रुपैयाँमा कारोबार भएको छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version