काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयर बजार परिसूचक नेप्सेमा भारी गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से सूचक ५३.६३ अंकले घट्दै २ हजार ६९५.६३ को बिन्दुमा पुगेको हो । 

यस दिन कारोबार पनि १० अर्ब ५१ कारोबार हाराहारीमा मात्रै सीमित भएको छ । यस दिन कारोबार पनि १० अर्ब ५१ कारोबार हाराहारीमा मात्रै सीमित भएको छ । 

यसदिन सुपर माइ हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लाग्यो भने ८२ वटा कम्पनीको भाउ बढ्न पुग्यो । यस्तै २४१ कम्पनीका लगानीकर्ताले गुमाउन पुगे । यसदिन सबैभन्दा बढी पिपल्स हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाउन पुगे । 

नेप्सेका अनुसार म्युचुअल फण्डकोबाहेक सबै उपसूचकहरु राताम्य बनेको यसदिन गुडविल फाइनान्सको सेयर सबैभन्दा बढी किनबेच भयो ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version