काठमाडौं । भोजपुरको षडानन्द गाउँपालिकाका प्रकाश मोक्तानलाई प्रशासनले घरमै पुगेर नागरिकता प्रदान गरेको छ ।
प्रकाश सानैदेखि चुमभ्यालीमा बसेको र घर परिवारसमेत थाहा नपाएको विषय युट्युब च्यानल ुहेर्ने कथाु मार्फत बाहिर आएको थियो । प्रकाशको घरपरिवार मात्रै नभई अहिलेसम्म नागरिकता नै नबनेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत चासो व्यक्त गर्नुभएको थियो ।
आज प्रकाश मोक्तानलाई घरमै नागरिकता दिइएको षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदासले जानकारी दिनुभयो । इलाका प्रशासन कार्यालयका दिङलाका प्रमुख विनोद ज्ञवाली, नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईं, वडाअध्यक्ष प्रेम दोर्जी शेर्पा लगायतले प्रकाशलाई नागरिकता प्रदान गर्नुभएको हो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।