काठमाडौँ । नेपाली बजारमा आज सोमबार सुनको मूल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार घटेर १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको हो ।

सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ७९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार घटेर तोलामा १ हजार ७७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Share.

Comments are closed.

Exit mobile version