काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा बेरोजगारी बढ्नुमा नेपाली काँग्रेस र कम्युनिष्ट पार्टीहरुको हात रहेको आरोप लगाउनुभएको छ ।

वीरगञ्जमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यस्तो आरोप लगाउनुभएको हो । उहाँले गरिबी र बेरोजगारीको दर बढ्नुको जिम्मेवारी काँग्रेस र कम्युनिष्टले लिनुपर्ने बताउनुभयो ।

अध्यक्ष यादवले पढेलेखेका युवालाई देशमा कुनै रोजगारीको लागि स्थान नहुने अवस्था सरकारको नेतृत्वमा बस्ने दलहरुकै कारण भएको बताउनुभयो । उहाँले युवाहरु मलेसिया, कतार, अरब जस्ता मुलुकमा रोजगारीको लागि गइरहेको तर देशमा अझै रोजगारी वृद्धिमा चासो नदिइएको बताउनुभयो । उहाँले मधेश आन्दोलनको परिणामले नै नेपाल संघीय गणतन्त्र भएको दाबी गर्नुभयो ।

Share.

Comments are closed.

Exit mobile version