एजेन्सी । पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीको गएराति निधन भएको छ । ८६ वर्षको उमेरमा फुजिमोरीको निधन भएको उनको पारिवारिक श्रोतले जानकारी दिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
शक्तिको दुरुप्रयोगरि नरसंहार मचाई मानवअधिकार हनन र भ्रष्टाचारको अभियोगमा दोषी ठहर भइ जेल बसेका फुजिमोरीले सन् १९९० देखि २००० सम्म १० वर्ष पेरुमा शासन गरेका थिए । भ्रष्टाचारको आरोप लागेपछि उनले बाध्यताबस पदबाट राजीनामा दिएका थिए ।
गत डिसेम्वरमा १५ वर्षसम्म जेल बसेर निस्किएका उनीमाथि जेल जानुअघि वामपन्थी छापामार विद्रोहको विरुद्धमा उनको कडा अडान र राष्ट्रपतिले मानवअधिकार उल्लंघनको आरोप लगाइएपछि देशबाट भागेका फुुजिमोरी पछि पक्राउ परेका थिए । २५ वर्ष जेल जिवन बिताएका फुजिमोरी लामो समयसम्म क्यान्सर रोगबाट पीडित रहेको बताइएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।