काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा तीन हजार रुपैयाँले बढेको छ । सुन शुक्रबार हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ५६ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

यही भदौ २६ गते छापावाल सुन प्रतितोला एक लाख ५३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । नेपाली बजारमा त्यो यसअघिको ‘रेकर्ड’ थियो । त्यो रेकर्ड आज ब्रेक भएको हो ।

बिहीबार (हिजो) भने छापावाल सुन प्रतितोला एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भइरहेकोे महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ७९५ रुपैयाँमा कारोबार भएको थियो ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version