काठमाण्डौ – पेरिस ओलम्पिकमा ऐतिहासिक कास्य पदक जितेकी पलेशा गोवर्धनलाई सरकारले ६५ लाख रुपैयाँ पुरस्कार दिएको छ ।

युवा तथा खेलकुद मन्त्रालयले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पलेशालाई ६५ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो । साथै प्रशिक्षक कविराज नेगी लामालाई पाँच लाख ८५ हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई दुई लाख ९२ हजार पुरस्कारसहित सम्मान गरिएको छ ।

राष्टिय खेलकुद विकास नियमावली अनुसार उनीहरुले पुरस्कार रकम पाएका हुन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरस्कार राशिमा कर नकटाउने सरकारले नीति लिएको बताउनुभयो ।

पलेशा दुई हप्ता अघि फ्रान्सको पेरिसमा भएको के ४४ क्याटेगोरी ५७ केजी मुनीको प्रतिस्पर्धामा पदक जितेर इतिहास बनाउन सफल भएकी हुन् । पलेशाले हासिल गरेको सफलता नेपालको खेलकुद क्षेत्रमा अहिलेसम्मको ठूलो पदक हो ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version