काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा गएराति भएका खेलमा चेल्सी, म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड विजयी भएका छन् ।

चेल्सीले बर्नमाउथलाई १–० गोलले हरायो । चेल्सीका लागि क्रिस्टाेफर एनकुन्कुले गाेल गरे । याे जीतसँगै चेल्सी ४ खेलमा ७ अङ्कसहित तालिकाकाे साताैं स्थानमा छ । बर्नमाउथ ४ खेलमा ५ अङ्कसहित ११ औं स्थानमा छ ।

यस्तै म्यानचेस्टर सिटीले ब्रेन्टफाेर्डलाई २–१ गाेलले हरायाे । सिटीका लागि एर्लिङ हाल्यान्डले दुई गाेल गरे । ब्रेन्टपाेर्डका याेएस वेइसाले गाेल गरे । लगातार चाैथाे जीतसहित सिटी १२ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा ५ । ब्रेन्टफाेर्ड ४ खेलमा ६ अङ्कसहित नवाैं स्थानमा ५ ।

यस्तै अर्काे खेलमा म्यानचेस्टर युनाइटेडले साउथ्याम्पटनलाई ३–० गाेलले हरायाे । युनाइटेडका लागि म्याथेस डी लिग्ट, मार्कस रशफाेर्ड र एलेजान्ड्राे गर्नाचाेले गाेल गरे । याे जीतसहित युनाइटेड ४ खेलमा ६ अङ्कसहित तालिकाकाे १० औं स्थानमा छ ।

यस्तै नटिङघम फरेस्टले लिभरपुललाई १–० गाेलले हरायाे । नटिङघमका लागि कालम हड्सन ओडीले गाेल गरे । याे जीतसहित नटिङघम ४ खेलमा ८ अङ्कसहित तालिकाकाे पाँचाैं स्थानमा छ । लिभरपुल ४ खेलमा ९ अङ्कसहित दाेस्राे स्थानमा छ ।

यस्तै एस्टन भिल्लाले एभर्टनलाई ३–२ गोलले हरायाे । अन्य खेलमा फुलहम र वेस्ट ह्यामले १/१ गोलको, क्रिस्टल प्यालेस र लेस्टर सिटीले २/२ गोलको तथा ब्राइटन र ईपस्वीच टाउनले गोलरहित बराबरी खेलेका छन् ।

Share.

Comments are closed.

Exit mobile version