एजेन्सी । इङ्गलिस प्रिमियर लिग फुटबलमा आज म्यानचेस्टर सिटी र आर्सनल तथा ब्राइटन र नटिङघम फरेस्ट खेल्दैछन् । सिटी र आर्सनलको खेल नेपाली समय अनुसार राति सवा ९ बजे शुरु हुनेछ ।

साविक वितेजा सिटी यो सिजन चार खेलमा अपराजित छ । दोस्रो स्थानमा रहेको सिटीको १२ अङ्क छ । समान चार खेलमा १० अङ्कका साथ आर्सनल पाँचौ स्थानमा छ ।

उसले तीन खेल जित्दा एक खेल बराबरी खेलेको छ । त्यसअघि आजै ब्राइटन र नटिङघम फरेस्ट पौने ७ बजे खेल्नेछन् ।

गएराति भएको खेलमा लिभरपुलले बर्नमाउथलाई र चेल्सीले वेस्टह्यामलाई समान ३–० गोलले हरायो । जीतसँगै लिभरपुल अङ्क तालिकाको शीर्ष स्थानमा पुगेको छ । लिभरपुलको पाँच खेलमा १२ अङ्क छ । चेल्सीको पाँच खेलमा १० अङ्क भएको छ । चेल्सी चौथो स्थानमा छ ।

एस्टनभिल्लाले उल्भ्सलाई ३–१ गोलले हरायो । समान पाँच खेलमा १२ अङ्क नै रहेको एस्टन भिल्ला तेस्रो स्थानमा छ । अरू खेलमा फुलहमले न्यूक्यासललाई र टोटनहमले बे्रन्टफोर्डलाई समान ३–१ गोलले नै हरायो ।

लेस्टरसिटी र एभर्टनले एकरएक गोलको र म्यानचेस्टर युनाइटेड र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेलेका छन् ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version