एजेन्सी । दिल्लीकी मुख्यमन्त्री आतिशी मार्लेनाले शपथ लिनुभएको छ ।

उहाँले उपराज्यपाल भीके सक्सेनासामु पद तथा गोपनीयताको शपथ लिनुभएको बीबीसी हिन्दीले जनाएको छ । तत्कालीन मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा दिएपछि आतिशी मार्लेना दिल्लीको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

मुख्यमन्त्री आतिशीसँगै अरु पाँच जना मन्त्रीले पनि शपथ लिएका छन् । पाँच मध्य चार जना अरविन्द केजरीवाल नेतृत्वको सरकारकै मन्त्रीहरु रहेका छन् ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version