काठमाडौं । साइबर अपराधको मुद्दामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरिएको छ । साइबर व्युरोबाट पक्राउ गर्न गएका प्रहरी एक घण्टासम्म पनि ढोका नखोली भित्रबाट अपशब्द प्रयोग गरिएपछि भर्‍याङ लगाएर घरको कम्पाउण्डमा प्रवेश गरेको थियो । त्यसक्रममा हातपातमा उत्रिएका प्रसाईंका अंगरक्षकलाई नियन्त्रणमा लिइएको थियो ।

साइबर व्युरोबाट डीएसपीको नेतृत्वमा गएको प्रहरी टोलीलाई महानगरीय प्रहरी परिसर भक्तपुर र ठिमी वृत्तले सघाएका छन् । प्रहरीले शुरुमा ३ मिनेटभित्र ढोका खोल्न भने पनि भित्रबाट एक घण्टासम्म ढोका खुलेन । उल्टै घरभित्रबाट अपशब्द प्रयोग गर्दै गालीगलौज गरिएपछि प्रहरी बलजफ्ती प्रसाईंको घर कम्पाउन्डमा छिरेको हो ।

प्रसाईसहित उनीसँगै रहने युट्युवरहरु प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेविरुद्ध साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले गत साता नै जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो । रास्वपा केन्द्रीय सदस्य टीका संग्रौलालगायत पीडित महिलाले उनीहरुविरुद्ध साइबर व्युरोमा जाहेरी दिएका थिए ।

विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने, बेश्यावृति गरेको आरोप लगाउँने तथा आपत्तिजनक अभिव्यक्ति दिने गरेको भन्दै उजुरी परेपछि अदालतको अनुमतिमा पक्राउ गर्नुपरेको प्रहरीले जनाएको छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version