काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच अमेरिकामा भेटवार्ता हुने भएको छ ।

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिका पुगेका दुवै समकक्षीबिच स्थानीय समयअनुसार साँझ ५ः ३० बजे भेटवार्ता हुने कार्यतालिका रहेको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार दुई प्रधानमन्त्री बिचमा आजै भेटवार्ता हुनेछ । तर त्यो समयमा तलमाथि हुने सम्भावना रहेको पनि स्रोतले जनाएको छ । अमेरिकामा राष्ट्रसङ्घको कार्यक्रममा भाग लिन पुगेका दुई प्रधानमन्त्रीका बिचमा साइडलाइन वार्ताका लागि नेपालबाट निकै ठुलो प्रयास भएको थियो । त्यसका लागि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा स्वयं त्यो प्रयासमा लागेकी थिइन् । लामो प्रयासपछि शुक्रवार मात्र भेटघाटलाई कार्यतालिकामा राखिएको छ ।

यो साइडलाइन वार्ता यसअघि बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलनको समयमा थाइल्यान्डमा हुने तय भएको थियो । तर त्यहाँको राजनीतिक अवस्थाका कारण उक्त बैठक स्थगित भएको छ ।

ओलीसँग भारतको सम्बन्ध चिसिएकै कारण हालसम्म भ्रमणको निम्तो दिइएको छैन । बरु प्रधानमन्त्री ओलीले नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि लिखित निम्तो नै पठाइसकेका छन् । निमन्त्रणा पाए पनि मोदीले नेपाल भ्रमणका बारेमा कुनै तयारी थालेका छैनन् ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version