काठमाण्डौ – हप्ताको पहिलो दिन शेयर बजार साढे ११ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ५८ अङ्कल बढेर दुई हजार पाँच सय ८८ दशमलव ३५ विन्दुमा पुगेको छ ।

आज फाइनान्स, होटल, उत्पादन, लघुवित्त र म्युचुअल फन्डबाहेक अरु समूहको शेयर सामान्य बढेको छ । इर्स्टन पावर, आत्मनिर्भर लघुवित्त र सुपर स्यांगे हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले उकालो लागेको छ ।

आज सबैभन्दा धेरै रावा इनर्जीको शेयर झन्डै नौ प्रतिशतले ओरालो लागेको छ । एक करोड २४ लाख ८५ हजार कित्ता शेयर पाँच अर्ब नौ करोड २९ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै सीईडीबी हाइड्रोपावर विकास कम्पनीको २७ करोड ८० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version