काठमाण्डाै – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेशमन्त्री जोन वासबीच न्युयोर्कमा भेटवार्ता भएको छ ।

भेटका अवसरमा दुई देशबीच दशकौंदेखि रहँदै आएको सहकार्यलाई थप बलियाे बनाउनेबारेमा छलफल भएको छ । भेटका अवरसरमा मन्त्री राणाले अमेरिका नेपालको आर्थिक, विकास र व्यापारिक साझेदारीका लागि महत्त्वपूर्ण भएको उल्लेख गर्नुभएको थियो । नेपाल र अमेरिकाबीच विगत ७७ वर्षदेखि निकट, आत्मीय र सहकार्यात्मक सम्बन्ध रहेको विषयमा उहाँहरूको छलफल भएको थियो ।

नेपाली नियोगका अनुसार नेपाल र अमेरिकाले दुई देशबीच प्रजातन्त्र, मानव अधिकार र स्वतन्त्रताजस्ता विषयमा साझा मूल्य मान्यता रहेको विषयमा कुराकानी भएको छ । मन्त्री राणा संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिकामा हुनुहुन्छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version