एजेन्सी । आईसीसी महिला टी–२० विश्वकप आजदेखि शुरू हुँदैछ । यूएईमा हुने महिला टी–२० विश्वकपमा २०२४ मा १० वटा टोलीको सहभागिता रहेको छ । बङ्गलादेशमा आयोजना हुने तालिका रहे पनि त्यहाँको राजनीतिक अस्थिरताले आईसीसीले टी–२० महिला विश्वकप यूएई सारेको हो ।

कात्तिक ४ गतेसम्म हुने प्रतियोगिताको समूह ‘ए’ मा अष्ट्रेलिया, भारत, पाकिस्तान, न्यूजिल्याण्ड र श्रीलङ्का छन् । समूह ‘बी’ मा बङ्गलादेश , इंग्ल्याण्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्याण्ड रहेका छन् । हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा आज बङ्गलादेशले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने छ । खेल नेपाली समयअनुसार बेलुका पौने ४ बजे शारजाहमा शुरू हुनेछ ।

आजै राति पौने ८ बजे पाकिस्तान र श्रीलङ्का पनि खेल्नेछन् । यस पटककको महिला टी–२० विश्वकप दूबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम र शारजाह क्रिकेट स्टेडियममा आयोजना हुनेछन् ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version