काठमाण्डाै – नेपाल सम्मिलित त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधि क्यानडाले जितेको छ ।

गएराति भएको खेलमा ओमानलाई ५ विकेटले हराउँदै शीर्ष स्थानमा रहेर क्यानडाले त्रिदेशीय टी–२० शृङ्खलाको उपाधि जितेको हो । ओमानले दिएको ८३ रनको लक्ष्य क्यानडाले १४ ओभर १ बलमा ५ विकेट गुमाएर भेटायो । क्यानडाका लागि निकोलस किर्ताेनले २० रन बनाए । ओमानका कलीमुल्लाह र अकिब इलियासले समान २ विकेट लिए ।

यसअघि क्यानडाको किङ्ग सिटीमा टस हारेर ब्याटिङ गरेको ओमान १९ ओभर ४ बलमा ८२ रनमा अलआउट भयो । ओमानका अकिब इलियासले सबैभन्दा धेरै ३५ रन बनाए । क्यानडाका अखिल कुमार र प्रभीन कुमारले समान ३ विकेट लिए ।

त्रिदेशीय टी–२० शृङ्खलामा क्यानडाले ४ खेलमा ६ अङ्क जोड्दै शीर्ष स्थानमा रह्यो । नेपाल ४ खेलमा ४ अङ्कसहित दोस्रो र ओमान ४ खेलमा २ अङ्कसहित अन्तिममा रह्यो ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version