काठमाण्डौं । नेपालका महिला र पुरुष दुवै टोलीले एशिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा सुखद् प्रदर्शन गर्न सकेनन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शुक्रवार भएको रग्बी सेभेन्स ट्रफीमा पुरुष र महिला दुवैमा नेपालले समान दुई हार सामना गरेका छन् । समूह ‘बी’ मा रहेको नेपाली पुरुष टोलीले पहिलो खेलमा उज्वेकिस्तानसँग २४–० र दोस्रो खेलमा बहराइनसँग २७–७ स्कोरमा हार सामना गरेको हो । उज्वेकिस्तानले चार ट्राइ र दुई कनभर्जनबाट फराकिलो नतिजा आत्मसात ग¥यो । बहराइनले भने पाँच ट्राइ र एक कनभर्जन गर्दै समूहको शिर्ष दुईको सम्भावना बलियो बनायो । नेपालका रोहन डंगोल ट्राइमा रहँदा बहराइनले ‘हाइ ट्याकल’ ग¥यो ।
सोहीअनुरूप नेपालले पेनाल्टी ट्राइमार्पmत सात अंक बटुलेको हो । लगातार दोस्रो हारसँगै नेपाली पुरुष टोली बल च्याम्पियनसिपका लागि खेल्ने भएको छ । समूह ‘ए’ मा रहेको नेपाली महिला टोलीले पनि फिलिपिन्स र ग्वामसँग हार व्यहो¥यो । नेपाल पहिलो खेलमा फिलिपिन्ससँग ३२–० को स्कोरमा पराजित भएको थियो । फिलिपिन्सले सात ट्राइ र एक कनभर्जन ग¥यो । नेपाल दोस्रो खेलमा ग्वामसँग पनि ५–१७ को स्कोरमा पराजित भयो । ग्वामले तीन ट्राइ र एक कनभर्जनमा सफलता पाउँदा नेपालकी कप्तान सृजना राईले एक ट्राइ गरिन् ।
नेपालले शुक्रवार नै समूह चरणको अन्तिम खेलमा उज्वेकिस्तानसँग प्रतिष्पर्धा गर्नेछ । महिला टोलीले पनि दुई हारसँगै बल च्याम्पियनयनसिप खेल्ने भएको छ । शुक्रवार भएको अन्य खेलमा जोर्डनले पाकिस्तानलाई २२–१५, कतारले साउदी अरेबीलाई ३९–७, श्रीलंकाले काजकिस्तानलाई ४३–०, भारतले बंगलादेशलाई ३१–० को स्कोरमा पारजित गरेको हो । चाईनिज ताईपेइले अफगानिस्तालाई ७–२६ को स्कोरमा पराजित ग¥यो ।
महिलातर्फ पहिलो खेलमा उज्वेकिस्तानले ग्वामलाई १९–१२ को स्कोरेले पराजित गरेको हो । पुरुषतर्फ भारतले श्रीलंकालाई २९–१० को स्कोरमा पराजित भएको थियो ।पुरुषतर्फ नै जोर्डनलाई फिलिपिन्सले ०–२६ ले पराजित गरेको थियो । प्रतियोगितामा १६ राष्ट्रको २१ टोलीको सहभागिता छ । प्रतियोगिता शुक्रवार र शनिवार हुनेछ । प्रतियोगिताको विजेता टिमले स्वर्ण पदकसहित च्याम्पियन ट्रफी पाउनेछ ।
खबर साइट डट कम :
- धादिङको नीलकण्ठ–४ जयन्तीडाँडामा पहिरो: ६ घरमा क्षति, विपद् व्यवस्थापन टोलीद्वारा अनुगमन
- गरिबमाथि महानगर प्रहरीको दमनले निम्त्यायो त्रासदी, ५५ प्रतिशत जलेका गणेशको अवस्था गम्भीर
- काठमाडौँका २८ प्रतिशत सुकुम्बासी महिला मातृ स्वास्थ्यको पूर्ण सेवाबाट वञ्चित, निरन्तरता सुनिश्चित गर्नु मुख्य चुनौती
- सामुदायिक विद्यालयको प्रअ नियुक्ति अब स्थानीय तहले गर्ने, यस्तो छ योग्यता र नयाँ व्यवस्था
- पोर्चुगललाई स्तब्ध पार्दै स्पेन १६ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा, क्रिस्टियानो रोनाल्डोको यात्रा अन्तिम १६ बाटै टुङ्गियो
- मनसुन थप सक्रिय: देशैभर भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
- क्यानडाको ऐतिहासिक यात्रा समाप्त, मोरक्को लगातार दोस्रो पटक विश्वकप क्वार्टरफाइनलमा
- जनस्वास्थ्य कार्यालय धादिङद्वारा वार्षिक कार्यक्रमको समीक्षा: गुणस्तरीय स्वास्थ्य सेवाका लागि सञ्चार क्षेत्रसँगको सहकार्यमा जोड
