काठमाडौं । दशैँका लागि उपत्यका छाड्नेको संख्या दिनहुँ बढिरहेको छ । काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घर जानेको उल्लेख्य घुइँचो बढेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो पाँच दिनमा मात्रै करिब २ लाख यात्रुले काठमाडौं छाडेका छन् । कार्यालयका प्रवक्ता डीएसपी रविन कार्कीका अनुसार असोज १४ गतेदेखि आज बिहानसम्म १८ हजार ५५१ सवारीसाधनबाट एक लाख ९५ हजार ४९६ यात्रु बाहिरिएका छन् ।

यो अवधिमा १६ हजार ६९९ सवारी र एक लाख ४७ हजार ६५६ यात्रु काठमाडौं आएका छन् पछिल्लो २४ घण्टामा मात्रै चार हजार ४४ सवारीबाट ४८ हजार ६३७ यात्रुले उपत्यका छाडेका छन् । यो संख्या सडकमार्ग भएर जाने यात्रुको मात्रै हो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि यात्रुको घुइँचो बढेको छ ।

पछिल्लो दुई दिनयता काठमाडौं भित्रिनेभन्दा बाहिरिने यात्रुको संख्या बढ्न थालेको कार्कीले बताउनुभयो । अहिले काठमाडौंबाट बाहिरिन नागढुंगा नाका पूर्ण सञ्चालनमा छ । अरनिको राजमार्ग बाह्रबिसे र बीपी राजमार्ग भकुण्डेबेसीसम्म मात्रै सञ्चालनमा छ ।

घटस्थापना शुरु भएसँगै विद्यालय बिदा हुन भएपछि गाउँ फर्किने क्रम बढेको छ । नयाँ बसपार्कसहित कलङ्की, बल्खु र कोटेश्वर क्षेत्रमा घर फर्किनेको घुइँचो र सवारीसाधनको चाप बढेको ट्राफिक प्रहरीले जनाएको छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version