काठमाडौं, १९असोज  । बिपी राजमार्ग बाढीले बगाएर अवरुद्ध भएपछि त्रिभुवन राजपथ र पृथ्वी राजमार्गबाट सवारीसाधान आवागमन भइरहेका छ ।

दशैका बेला त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा खण्ड र पृथ्वी राजमार्गको नौबिसे मुग्लिन खण्डबाट सवारी आवागमन भइरहेको हो । सो राजमार्गमा सवारीको चाप बढेपनि नौविसे–मुग्लिन सडक खण्डमा व्यापार भने घटेको स्थानीय व्यापारीहरुले जनाएका छन् ।

राजमार्गमा हुनसक्ने जोखिमका कारण यात्रुहरु बीचमा नरोकिकन नै गन्तव्यतर्फ लाग्ने गरेकाले व्यापार कम भएको व्यापारीहरुको अनुमान छ ।

त्यस्तै उनीहरुले यसअघिको दशैजस्तो सवारीसाधन राजमार्गमा नदेखिएको समेत बताएका छन् । यसअघि दशैका समयमा व्यापार गर्न भ्याई नभ्याई हुने गरेपनि यसपटक भने दशै नै नआएजस्तो लागेको नौविसे–मुग्लिन सडक खण्डमा व्यापार गर्दै आएका स्थानीयहरुको भनाइ छ ।

बिपी राजमार्ग अवरुद्ध भएपछि पूर्वजाने सवारीसाधानहरु समेत पृथ्वी राजमार्ग भएर आवातजावत गरिरहेका छन् । सडकलाइ सहज ढंगले सूचारु गर्न पृथ्वी राजमार्गमा बिभिन्न स्थानमा स्काभेटर समेत तयारी अवस्थामा राखिएको छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version