तनहुँ – तनहुँको बन्दीपुर गाउँपालिकाका जनप्रतिनिधिले बैठक भत्ता विकास निर्माणका काममा खर्च गरेका छन् । पालिकाका ३४ जना जनप्रतिनिधिले बैठक भत्ता सडक, पानी, स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा खर्च गरेका हुन् ।

२०७९ सालमा चुनाव भएपछि वडागत र कार्यपालिका बैठक भत्ता नलिइएको गाउँपालिका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । एक वर्षमा बैठक भत्तामा १८ लाख रुपैयाँ खर्च हुने बन्दीपुर–१ का वडाध्यक्षसमेत रहनुभएका श्रेष्ठले बताउनुभयो ।

त्यसैगरी अवलोकन भ्रमणबापत एक वर्षमा खर्च गरिने १५ लाख रुपैयाँसमेत विकास निर्माणमा उपयोग भएको गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताउनुभयो ।

त्यसैगरी बन्दीपुर अस्पताल मातहत रहने गरी डुम्रे बजारमा बहिरङ्ग सेवा सञ्चालनको तयारी भएको छ । अस्पताललाई असर नपर्ने गरी वडा नम्बर १, ४ र ५ का वडावासीलाई लक्षित गरी सेवा विस्तार हुन लागेको हो ।

उपकरण, औषधिलगायत सामग्री खरिदमा ४० लाख रुपैयाँ खर्च भइसकेको बन्दीपुर–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले बताउनुभयो । स्वास्थ्यकर्मीको व्यवस्थापन हुनेबित्तिकै सेवा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version