काठमाडौं । दशैँ बिदापछिको पहिलो कारोबार दिन आज मंगलबार शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ४८ अङ्कले बढेर दुई हजार ६ सय ९९ दशमलव ६६ विन्दुमा झरेको छ ।

आज उत्पादन बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, बीमा, व्यापार, होटल समूहको शेयर उच्च अङ्कले बढेको छ ।

आज जानकी फाइनान्स र मिथिला लघुवित्त कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको बढेको छ । यस्तै मल्टिपर्पोज फाइनान्स कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन मिड सोलु हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

Share.

Comments are closed.

Exit mobile version