एजेन्सी । अफ्रिकी मुलुक नाइजेरियामा इन्धन भरिएको ट्याङ्कर बिस्फोट हुँदा १ सय ४० भन्दा बढीको मृत्यु भएको छ । इन्धन ट्याङ्करले अर्को सवारी साधनलाई बचाउन खोज्दा जिगावा राज्यको माजिया शहरमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

उत्तरी नाइजेरियाको उत्तरी जिगावा राज्यमा इन्धन बोकेर ट्याङ्करबाट पोखिएको इन्धन संकलन गर्न जानेहरु दुर्घटनामा परि मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

प्रहरी प्रवक्ता लवान शिइसु आदमका अनुसार, दुर्घटना पछि स्थानीय बासिन्दा ट्याङ्कर वरिपरि भेला भएर सडक र नालीमा चुहिएको इन्धन सङ्कलन गर्दै थिए । विस्फोटमा परि अन्य केही गम्भीर घाइते भएको बताइएको छ । घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ ।

Share.

Comments are closed.

Exit mobile version