काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सय दिनमा गर्ने लक्ष्य लिएको कामहरूमध्ये ७० प्रतिशत काम गरेको दाबी गर्नुभएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट सम्बोधन गर्दै उहाँले सरकारको सय दिनको उपलब्धी सार्वजनिक गर्दै उहाँले ७० प्रतिशत प्रगति भएको दाबी गर्नुभएको हो । उहाँले सरकार बनेकै दिनदेखि विरोध सुरू भएको पनि बताउनुभयो ।

अहिले साम्प्रदायिक विद्वेष, घृणा र परस्पर बेमेलको वातावरण पैदा गरेर नेपालको राष्ट्रिय एकतालाई बिथोल्ने र प्रतिगमनतर्फ लैजाने प्रयास पनि भइरहेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । तर नेपाल र नेपालीलाई प्रतिगमन कुनै हालतमा स्वीकार्य नभएको उहाँको भनाइ छ ।

सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने जस्ता अफवाह पनि फैलाउने गरिएको भन्दै उहाँले यो काम गर्न नदिने उद्देश्यले चलाइएको हल्ला भएको दाबी गर्नुभयो । उहाँले सरकार ढल्छ भन्ने आशा नगर्न विपक्षीलाई अनुरोध गर्नुभयो । उहाँले जुनसुकै कालखण्डको भए पनि भ्रष्टचारीमाथी कारबाही हुने बताउनुभयो ।

<iframe src=”https://drive.google.com/file/d/1-kFbXxbgO3c4Vzbkp5m3qAwhL_mt7c0z/preview” width=”640″ height=”480″ allow=”autoplay”></iframe>

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version