काठमाडौं । सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान बनाएको छ । सुनको मूल्य आज ८ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६६ हजार ७ सय रुपैयाँ पुगेको छ ।
यसअघि हिजो तोलामा तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ६५ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार दशैँ बिदापछि सुनको मूल्य लगातार बढिरहेको छ ।
मध्यपूर्वलगायत क्षेत्रमा बढ्दो भू–राजनीतिक अनिश्चितताका कारण व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिका रूपमा कारोबार गर्दा मागमा आएको वृद्धिसँगै मूल्य बढेको महासङ्घको भनाइ छ ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी ३५ रुपैयाँले बढेर तोलाको दुई हजार एक सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।