काठमाडौं । नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको छ । साताको पहिलो कारोबार दिन आइतबार(आज) नेप्से परिसूचक ९.१९ अंकले घटेर २६१७.९५ विन्दुमा अडिएको छ । सेन्सेटिभ इण्डेक्स ४.४५ अंकले घटेर ४६९.८० विन्दुमा पुगेको छ ।

यसदिन ३२० कम्पनीको १ करोड ११ लाख ३४ हजार १७८ कित्ता ४ अर्ब ७३ करोड २४ लाख ८७ हजार ८६४ रुपैयाँमा खरिदबिक्री भए । एकल अंकले घटेको बजारमा चार कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो ।

लाइफ इन्स्योरेन्स कर्पोरेसन, रिभर फल्स पावर,माइ खला हाइड्रोपावर र समृद्धि फाइनान्सको सेयर १० प्रतिशतले बढेको हो । कारोबार रकमका आधारमा आईसीएफस फाइनान्स शीर्षस्थानमा रह्यो । सो कम्पनीको ३२ करोड मूल्य बराबरको सेयर कारोबार भयो ।

यसैगरी नेपाल एसबीआई बैंकको २१ करोडको सेयर कारोबार भयो । सिईडीबी हाइड्रोपावर डेभलपमेन्ट, नेपाल फाइनान्स र समृद्धि फाइनान्सको १८÷१८ करोडको सेयर कारोबार भयो ।

कारोबारमा आएका कम्पनीमध्ये ९१ वटाको मूल्य बढ्दा १४१ वटाको घट्यो । बाँकी ११ वटाको मूल्य भने स्थिर रह्यो । आज पाँचवटा समूहको उपसूचक बढ्दा ८ वटाको घट्यो ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version