काठमाडौँ-राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. सुरेश आचार्यको नाम सिफारिस भएको छ।

सदस्यहरूमा नेकपा एमालेको प्रचार विभागका सचिव गगन विष्ट र दुर्गा भण्डारीको नाम सिफारिस भएको छ।

सूचना आयोग, पदाधिकारी नियुक्ति सिफारिस समितिको सोमबार बसेको बैठकले प्रमुख र सूचना आयुक्तहरूको नाम सिफारिस गरेको समितिले जनाएको छ। यसअघि सिफारिस समितिको सचिवालयले एक सूचना जारी गर्दै आवेदन पेस गर्न आव्हान गरेको थियो।

सूचनाको हक सम्बन्धी ऐन, २०६४ बमोजिम योग्यता पुगेका व्यक्तिलाई राष्ट्रिय सूचना आयोगमा पदाधिकारी सिफारिसका लागि गठित सिफारिस समितिको सचिवालयमा आफ्नो व्यक्तिगत विवरणसहित योग्यताका प्रमाणित प्रतिलिपिसहित पेस गर्न भनिएको थियो ।

 

Share.

Comments are closed.

Exit mobile version