काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रूपैयाँले बढेर १ लाख ६८ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी तोलामा १५ रूपैयाँले घटेर प्रतितोला २ हजार १५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
