काठमाडौँ । इजरायलको राजदूतमा धनप्रसाद पण्डितलाई नियुक्त भएका छन्।

संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा पण्डितलाई बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयकी सूचना अधिकारी अर्चना खड्का अधिकारीले जानकारी दिएकी छिन्।

गत साउन १४ गते मन्त्रिपरिषद्ले विभिन्न १८ देशको राजदूत सिफारिस गरेको थियो। उक्त सिफारिसका क्रममा पण्डितलाई इजरायलका लागि सिफारिस गरेको थियो।

 


Share.

Comments are closed.

Exit mobile version