काठमाडौं । आसन्न स्थानीय तहको उपनिर्वाचनमा एक्लै लड्ने तयारी गरेको छ । मुख्य दलहरु गठवन्धन नगरि चुनावमा जाने तयारी गरिरहँदा नेकपा एकीकृत समाजवादीले  माओवादी केन्द्रसँग गठबन्धन गर्ने तयारी गरेको छ ।

स्थानीय तहका अध्यक्ष,उपाध्यक्ष, मेयर उपमेयर, जिल्ला समन्वय समिति प्रमुख र वडाध्यक्ष गरी ४४ वटा पदमा हुने उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

 

उपनिर्वाचनको मिति घोषणा नहुँदै महासचिव घनश्याम भुसालले सर्कुलर जारी गर्दै नेता तथा कार्यकर्तालाई उपनिर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका थिए ।

 

एकीकृत समाजवादीले उपनिर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको नेतृत्वमा उपनिर्वाचन परीचालन कमिटी गठन गरेको छ । ४४ स्थानमा उपनिर्वाचन भएपनि एकीकृत समाजवादीले जित्नसक्ने १० स्थानमा उम्मेदवार दिने र उम्मेदवारी दिएको सबैस्थानमा जित हात पर्ने रणनीति बनाएको छ ।

 

अहिले स्थानीय तहका ४४ पद रिक्त छन् । जिल्ला समन्वय समितिका प्रमुख दुई, नगरपालिका प्रमुख एक, उपमेयर एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष तीन,र ३५ वटा वडामा वडाध्यक्ष पद रिक्त रहेको छ ।

 

उपनिर्वाचन हुने स्थनीय तहमध्ये सबै भन्दा धेरै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि छन् । कांग्रेसबाट निर्वाचित पालिका प्रमुख तीन जना, जिल्ला समन्वय समिति प्रमुख २ जना उपप्रमुख,उपाध्यक्ष तीन जना र वडाअध्यक्ष १६ जना छन् भने नेकपा एमालेबाट निर्वाचित ७ जना वडाअध्यक्ष छन् । माओवादीबाट निर्वाचित २ जना उपाध्यक्ष र ६ जना वडा अध्यक्षको निधन भएको छ भने जसपाबाट निर्वाचित एक जना र स्वतन्त्रबाट निर्वाचित एक जना वडा अध्यक्षको निधन भएको छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version