भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्डको सत्रकिलोमा भएको दुर्घटनामा मृत्यु भएका पाँच जनाको पहिचान खुलेको छ ।
शुक्रबार बिहान ३ः०० बजे मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक हायस माइक्रो र नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २८१२ नम्बरको बस एकापसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको थियो ।
मृतकमध्ये सबै माइक्रोबसमा सवार यात्रु रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए ।
सो दुर्घटनामा एकजना घाइते गम्भीर अवस्थामा उपचाररत छन् । सत्रकिलोमा बिहान ३ः०० बजेतिर माइक्रोबस र बस एकापसमा ठोक्किएका थिए । गम्भीर घाइते एक जनाको भरतपुरमा रहेको सिएमसी शिक्षण अस्पतालमा उपचार भइरहेको छ । अन्य चार जना घाइते भने उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।
