काठमाडौं— तिहारको बेलामा जुवातास खेल्ने करिब ८ सय जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ।

तिहारका समयमा कुनै ठूलो अप्रिय घटना नघटोस् भन्दै प्रहरीले सादा पोशाकसहितका प्रहरीसहिसत देशभर सक्रियता बढाएको थियो।

८ सय जुवाडेको साथबाट करिब झन्डै पौने दुई करोड रकम समेत बरामद भएको  नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए।

प्रहरीको सक्रियता बढे पनि  जुवातास र अवैध रूपमा पटाकाको चोरी निकासी भने मौलाएको थियो। ठाउँ ठाउँमा पटाकाहरू पड्काउनेहरूको कमी भने थिएन।

प्रवक्ता कार्कीका अनुसार तिहारमा अवैध रूपमा पटाका पड्काउने ५९३ जना पनि समातिएका थिए। तिहारको अवधिमा मापसे लागू पदार्थ सेवन गरेर देउसी भैलो खेल्ने क्रममा २१४ वटा झैझगडाका घटना भएको प्रहरीले जनाएको छ।

 

Share.

Comments are closed.

Exit mobile version